कैलारी गाउँसभामा दलित महिला अधिकार मंच सम्मानित

कैलारी गाउँसभामा दलित महिला अधिकार मंच सम्मानित

कैलारी, २८ असाड । कैलारी गाउँपालिकाको विकासमा प्रत्यक्ष सहयोग गरि विशिष्ट योगदान पुर्याए वाफत सोमबार आयोजित कैलारी गाउँपालिकाको आँठौ गाउँसभामा अधिवेशनमा दलित महिला अधिकार मंच ,नेपाल सम्मानित भएको छ ।

गाउँसभा अधिवेशनको अवसरमा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाद्घारा प्रदान उक्त सम्मानपत्र दलित महिला अधिकार मंच नेपालका राजेन्द्र रैकाले ग्रहण गर्नुभएको थियो । यसैविच दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेले गाउँपालिकाक‍ो आँठौ अधिवेशन संस्थालाई सम्मान प्रदान गर्नुभएकोमा गाउँपालिका परिवारप्रति आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिकामा महिलाको न्याय र सेवासुविधामा पहुँच,महिला सशक्तीकरण, जिविकोपार्जन,कृषि,स्वास्थ तथा सरसफाइ ,खानेपानी,शिक्षा, खाद्य तथा पोषण लगायतका क्षेत्रमा कार्य गर्दे आईरहेको छ ।

विज्ञापन