दलित महिला अधिकार मंचद्धारा विपन्न गर्भवती,सुत्केरी महिलालाई पोषणयुक्त खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण

दलित महिला अधिकार मंचद्धारा विपन्न गर्भवती,सुत्केरी महिलालाई पोषणयुक्त खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण

धनगढी,२६ असाड । दलित महिला अधिकार मंच नेपालले कैलालीका २ स्थानिय तह कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका १७१ जना विपन्न गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषणयुक्त खाद्यन्न सामाग्री तथा १०६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोभिड जोखिम व्यवस्थापनका लागि स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

डि.सी.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका गर्भवती तथा सुत्केरी महिलाहरु समस्यामा परेपछि उनीहरुको खाद्य तथा पोषण स्वास्थ्य सुरक्षामा टेवा पुगोस भन्ने उद्धेश्यले पोषणयुक्त खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरेले जानकारी गराउनुभयो ।

उहाँले कोरोना महामारीको जोखिम रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि कोभिड स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री समेत हस्तान्तरण गरिएको बताउनुभयो । उक्त सामग्रीहरु एक कार्यक्रमका विच संस्थाका अध्यक्ष सावित्रा घिमिरेले कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका जनप्रतिनिधीहरु र स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको रोहबरमा संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

संस्थाले कैलारी गाउँपालिकाका ७१ र गौरीगंगा नगरपालिकाका १०० गरी जम्मा १७१ जना अति विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हर्लिक्स १७१ पिस,चना १७१ किलो,आलमोण्ड १७१ किलो,स्याम्पु १७१ पिस,थर्मोमिटर १७१ पिस,सेनिटाईजर ५०० एमएलको १७१ पिस,सुजी १७१ किलो,राजमा १७१ किलो,सोयाबिन १७१ प्याकेट,अरहर दाल १७१ किलो, क्यालेण्डर ३४२ पिस,

पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १७१ पिस छ भने त्यसैगरी संस्थाले कैलारी गाउँपालिकाका ७४ जना र गौरीगंगा नगरपालिकाका ३२ जना गरि जम्मा १०६ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुका लागि सेनिटाईजर १०६ पिस,माक्स १०६ प्याकेट,ग्लोब्स १०६ प्याकेट,थर्मलगन १०६ प्याकेट,सेनिटरी प्याड १०६ प्याकेट,टर्चलाईट १०६ पिस, क्यालेण्डर २१२ पिस,पौष्टीक आहार सम्वन्धी सचेतना पोष्टर १०६ पिस स्वास्थ्य र सरसफाई सामाग्री हस्तान्तरण गरेको संस्थाका राजेन्द्र रैकाले जानकारी दिनुभयो ।

दलित महिला अधिकार मंच नेपालले यसअघि पनि कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा कोभिड जोखिम न्युनिकरण र व्यवस्थापनका लागि विभिन्न वडाहरुम हेण्डवास स्टेशन र आईसोलेशन सेन्टरहरुमा विभिन्न कोभिड स्वाथ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको थियो ।

विज्ञापन