धनगढी, २५ असार । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित गौरीगंगा नगरपालिका–१० नुक्लिपुरमा संचालन हुन गैरहेको नुक्लिपुर सामुदायिक होमस्टे बैधानिकताको प्रमाणपत्र पाएको छ ।
भाषाकला, संस्कृति, जैविक विविधता र पर्यप्रवद्र्धन गरौ भने नाराका साथ संचालन हुन गैरहेको सो होमस्टेलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशी र अधिकृत मानबहादुर साउँदले होम स्मे संचालक दिनेश दहितलाई होमस्टे संचालन प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नुक्लिपुर सामुदायिक होमस्टेले संचालन बैधानिकता प्रमाणपत्र पाएसंगै सुदूरपश्चिम प्रदेशमा होमस्टेको संख्या १३ वटा पुगेको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत जोशी बताए ।
जसमध्ये १० वटा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दर्ता भएका छन भने ३ वटा संघबाट दर्ता भएका छन ।
दर्ता भएको १३ होमस्टे मध्ये ७ वटा सामुदायिक र ६ वटा निजि होमस्टे रहेको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत मानबहादुर साउँदले बताए ।
बुधबार मात्रै होमस्टे संचालनको प्रमाणपत्र पाएको नुक्लिपुर सामुदयिक होमस्टेमा सुरुमा ६ वटा घरमा होमस्टे संचालन भइरहेको संचालक दिनेश दहितले बताए । अहिले भर्खर सुरुवाट हो, विस्तारै थप घरमा होमस्टे संचालन गर्नेछौ, उहाँले भने ।
नुक्लिपुर सामुदयिक होमस्टेमा नास्तामा स्थानीय विभिन्न परिकारसंगै मकै, ढिकरी चटनी, गह्ुँको सुख्खा रोटी, अन्डिक रोटी तरकारी, फुलौरी, पकौरा, खुर्मा, बरिया, चिचराको व्यवस्था रहेको उहाँले जनाए ।
होमस्टेमा खानाको परिकारमा घोँघी परिकार, सोझुवा रोटी, पनझझरा, खुर्मा रोटी, लोकल कुखुरा, माछा, हाँसको मासु, बँटैको मासु, सादा खाना, दाल भात, तरकारी, साग (न्युरो) चटनी, साधेको गुन्द्रुक, भटमास, चटनी सलाद, ननभेज, रोटी, खीर दुध, दहि, लसुन, धनिया, प्याजको चटनी र पेय पर्दाथमा अन्दी धानको, महुवाको रक्सी, (तिनपाने) मकै÷ चामलको भातको जाँड, महुवा तथा गहुँको निगार, मार आदि पाउने संचालकले बताए ।
होमस्टेमा मनोरन्जनका साधनमा सखिया नाँच, झुम्रा नाँच, थारु गुरुवा खेल कला प्रर्दशन, स्थानीय कलाकारहरुको नाँच, सामुहिक नाँच हेर्न पाइने संचालकहरुले जानकारी दिए ।
होमस्टेबाट अवलोकन गर्न सक्ने क्षेत्रमा थारु डेउथान धार्मिक स्थल थारु संग्राहलय, प्रशिद्ध धार्मिक स्थल मोहन्याल, सिगास, सुनपाल धामको अवलोकन भ्रमण, गोरु गाडामा शान्त बातावरण राष्ट्रिय जंगल घुमघाम, सामुदायिक पोखरीमा बल्छी, कोइलही ताल, दुवरी ताल, चमरैया ताल अवलोकन, थारु हस्ताकलाको अवलोकन, सवडिभिजन वन पार्कको अवलोकन, वन्य जन्तु संरक्षण पोखरी सरस्वती सामुदायिक वन, सरस्वती सामुदायिक वनको बैज्ञानिक वन नर्सरी अवलोकन, लक्ष्मी सामुदयिक वनमा पर्ने वर्का पटुवा ताल, वास्कोटन ताल, शिव मन्दिर तथा पार्क अवलोकन गर्न सक्ने संचालक दहितले जनाए ।
होमस्टेको विधिवत उदघाटन चाही मंसिर महिना गर्ने जनाइएको छ ।
यस अघि कैलालीमा भाडागाउँ सामुदायिक होमस्टे, माघी थारुगाउँ सामुदायिक होमस्टे, बसन्ता कोरीडोर थारु होमस्टे, बसेरा थारु होमस्टे संचालनमा रहेको छ । कञ्चनपुरमा रानाथारु सामुदायिक होमस्टे, विजयसाल होमस्टे, बैतडीमा सुशिला होमस्टे, विस्ना होमस्टे, बझाङमा मुनाल कृषि तथा पर्यटन होमस्टे, डडेल्धुरामा डोटेली होमस्टे, डोटीमा खप्तड होमस्टे र अछाममा कैलाशवेशी एग्रो होमस्टे रहेको छ ।