नरेश राना,लालझाडी,२४ अषाड ।
आउदो अषाड २७ गते देखि काठमाडौमा हुन गइरहेको सातौँ सगरमाथ अन्तराष्ट्रिय कराते प्रतियोगिताका लागि कञ्चनपुरको दुई पालीकाबाट खेलाडी प्रस्ताब गरेका छन ।
लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाबाट प्रशिक्षक सहित खेलाडीहरुको टोली काठमाडौँ प्रस्ताब गरेको हो । बेलौरी नगरपालिका बाट प्रमुख प्रशिक्षक विष्णु जैशी सहित २९ जना खेलाडी काठमाडौ प्रस्ता गरेका छन ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले खेलाडी लाई विदाई गर्नु भएको हो । आजै लालझाडी गाउपालिकाले पनि औपचरिक कार्यक्रम गरी खेलाडीलाई विदाई गरेको छ । गाउपालिकाबाट अध्यक्ष मदनसेन बडायक जितको शुभकामना दिदै प्रशिक्षक र खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरका प्रमुख भरत बहादुर सुबेदी रहनु भएकाे थियाे । लालझाडी गाउपालिकाका प्रमुख प्रशासकिया अधिकृत सहेलु सिंह रावलले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमको संचालन लालझाडी गाउपालिका शिक्षा शाखा प्रमुख शिद्धराज भट्टले गर्नु भएको थियो ।
लालझाडीबाट खेलका लागि ३ जना प्रशिक्षक सहित २० जना सहभाथी हुदैछन । प्रशिक्षक लिलाधर भट्ट , राजकुमार एस.के र जर्मन राना प्रशिक्षकहरु रहेका छन । खेलमा सहभागि हुन गइरहेका सम्पुर्ण खेलाडीहरूलाई फुलमाला र अबिर लगाएर विदाई गरीएको थियो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





