राेकिएकाे जनगणना असोज १ देखि १५ सम्म हुने

२३ असार २०७८, बुधबार
राेकिएकाे जनगणना असोज १ देखि १५ सम्म हुने

धनगढी,२३ असाड ।

प्रत्येक १०/१० वर्षको अवधिमा सम्पन्न गरिँदै आएको जनगणना आगामी असोज १ देखि सुरु गरिन लागिएको जनाइएको छ ।

२०७८ असार ८ गते नै सम्पन्न भइसक्नुपर्ने जनगणना कोरोना महामारीका लम्बिएर आगामी असोज १ देखि १५ असोजसम्म हुने गरि प्रस्ताव अघि बढाइएको छ ।केन्द्रिय तथ्यांक विभागका अनुसार अब १ असोजदेखि १५ असोजसम्म जनगणना गर्ने गरी प्रस्ताव अघि बढाइएको छ ।

विभागले अघि बढाएको प्रस्ताव मन्त्रिपरिषद्मा पुग्ने छ र झण्डै एक हप्ताभित्रै जनगणनाको नयाँ मिति घोषणा हुने विभागले जनाएको छ । यसअघि २५ जेठबाट सुरु गरी ८ असारमा जनगणना सक्ने लक्ष्य लिइएको थियो ।

तर, नयाँवर्षसँगै कोरोना महामारीले देश ग्रस्त बनेपछि जनगणनाको काम रोकिएको थियो । उपत्यकालगायत जिल्लामा जारी निषेधाज्ञा अहिले खुकुलो बन्दै गएपछि जनगणनाको काम पनि अघि बढाइने बताइएको छ ।

जनगणनाको तयारी केही दिनपछि नै सुरु गर्ने र मूल गणना भने असोज १ देखि थालेर १५ दिनभित्र सक्ने लक्ष्य विभागको रहेको छ । नेपालमा वि.सं १९६८ सालबाट जनगणना सञ्चालन गरिएको हो ।रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio