काठमाडाैँ,२२ असाड ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो ।
त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १२ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको हो ।
त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ । विज्ञप्तिअनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको निगमले जनाएको छ ।

![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





