लालझाडीमा लघु उद्यम द्वारा सिलाई मेसिन हस्तान्तरण

१६ असार २०७८, बुधबार
लालझाडीमा लघु उद्यम द्वारा सिलाई मेसिन हस्तान्तरण

नरेश राना/ लालझाडी,१६ असाड ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा धान दिवसको उपलक्ष्यमा लालझाडी गाउपालिका १ मा गरिवि निवारणका लागि लघु उद्यम विकास अन्र्तगत संचालीत तथा लालझाडी गाउपालिकाको संयुक्त आयोजनामा लालझाडी १ का महिला दिदीबहिनीलाई सिलाई मेसिन हस्तान्तरण गरेका थिए ।


गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम द्वारा सिलाई मेसिन उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा लालझाडी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष छेमानन्द रानाको सभापतित्वमा सम्पन्न भएको थियो वहाँले कोभिड १९ को कारणले खासै राम्रो संग तालिम दिना नसके पनि अगामि दिनहरुमा तालिमको व्यवस्था गर्ने जिम्मा मेरो हो भनेर प्रतिबद्घता जनाए वडा अध्यक्ष रानाले ।


कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउपालिकाकी उपाध्यक्ष सत्यदेवी महारा रहनु भएको थियो । वहाँले यस लालझाडी अन्र्तगतको सबै भन्दा बढी लघु उद्यममा सक्रिय वडाको रुपमा रहेको छ । यहाँका महिला दिदी बहिनी जुनसुकै कार्यक्रममा चासो दिएका छन र आउदो बर्षको कार्यक्रममा अझै थप कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।
यसै गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमका संयोजक नरेश जोशी रहनु भएको थियो । वहाँले आउदो बर्षमा हामीले यस वडामा अझै नयाँ कार्यक्रम ल्याउने छौ र यस कार्यक्रमले सहभागीहरुले आप्नो सिप तथा जंगरले आप्नो आयआर्जन बढाउन सक्ने कुरा व्यक्त गरे ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio