सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

पसलमा आगलागिहुदाँ सबै समान नष्ट

पसलमा आगलागिहुदाँ सबै समान नष्ट

एम.वि.राना/लालझाडी,७ असार ।
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ३ डुँगा गाउँ स्थित रहेकाे सन्तोष चौधरीको पसलमा आगलागि भएको हो ।

आगलागिबाट किरान पसल र पसल संग जोडिएको टेलरमा समेत आगलागि भइ पुरै जलेर नष्ट भएको छ । आागलागि के कति कारणले लागको हो भन्ने खुल्लन सकेन । लकडाउनले गर्दा पसलहरु बन्द रहेको र घरका सबै जना खेतमा रोपाइ गर्न खेततिर गएको बेला आग लागि भएको हो ।

आगलागि भए पछि छिमेकिहरुले बहाँहरुलाई खबर गरि बताएका हुन भन्ने जानकारी दिए सोहि वडाका वडा सदस्य भगतराम चौधरीले । आगलागिबाट पाँच लाख बराबरको क्षेतिभएको अनुमान गरिएको बताए । स्थानिय व्यक्तिहरुको सहयोगमा लागो निभाइएको हो ।