कैलारी,२ असाड ।
कैलारी गाउँपालिकाको कार्यालय र डीसीए संगको सहकार्यमा दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिकामा कोभिड १९ हेल्पडेस्क (सहायता कक्ष) स्थापना गरेको छ ।
डीसीए को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत उक्त कोभिड १९ हेल्पडेस्क सहायता कक्ष संचालन गरिएको हो । कोभिड १९ हेल्पडेस्क (सहायता कक्ष)को एक कार्यक्रमका विच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले उद्धघाटन गर्नुभयो ।
हेल्पडेस्क मार्फत पालिका स्तरमा कोभिड १९ को रोकथाम नियन्त्रण एंव सचेतना अभिवृद्धि गर्ने,कोभिड संक्रमितहरुको तथ्यांक संकलन,कोभिड प्रभावित व्यक्ति र तिनका परिवारलाई फोन मार्फत परामर्श तथा फ्लोअप गर्ने,कोरोना नियन्त्रणका लागि स्थानिय सरकार,नागरिक समाज,स्थानिय संघसंस्था,स्वास्थ्य संस्था,सुरक्षाकर्र्मी,
मिडियाहरुसंग साझेदारी तथा सहकार्य गर्ने, कोभिडको समयमा हुने गरेका घरेलु हिँसाका घटना न्युनिकरणका लागि सामाजिक संजाल, स्थानिय रेडियो , युवा स्वयं सेवक महिला स्वयं सेवीका र स्थानिय समुह तथा संजाल परिचालन गरी सचेतना जगाउने बताईएको छ ।
उक्त अवसरमा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कैलारी गाउँपालिकासंगको सहकार्यमा संस्थाले कोभिड हेल्प डेक्स संचालनमा ल्याएकोमा धन्यवाद दिदै उक्त हेल्पडेक्सले कोरोना रोकथाम, नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।