बिस्तारीत मन्त्रिमण्डल र मेराे साेच

३० जेष्ठ २०७८, आईतवार
बिस्तारीत मन्त्रिमण्डल र मेराे साेच

उमेश राना

धनगढी,३० जेठ । कुरा भरखर नेपाल सरकारले सात मन्त्रि र एक राज्य मन्त्रि सहित मन्त्रिमण्डल विस्तार गरेकाे प्रसंग संग जाेडिएकाे छ र साेहि मन्त्रि मण्डलमा कैलालीका रानाथारू सामुदायबाट प्रतिनिधित्व गरिरहेका नारदमुनि राना पनि परेका छन ।

वहाँले रानाथारू सामुदायले उठाउदै आएकाे सुचिकृतिकाे मुद्दालाइ आप्नाे चुनाबी नारा बनाइ र वि.स. २०७६ साल माघ २० गते आदिबासी जनजातीमा सुचिकृत गराइ छाेड्याे म नेपाल सरकार तथा सुचिकृतमा सहयाेग गर्ने सबैलाइ धन्यवाद दिन चाहन्छु ।

साेहिकाे निरन्तरता हाेला आज रानाथारु सामुदायका एकजना प्रनिनिधि मा. नारदमुनी राना यस समुदायकै पहिलो मन्त्री भएका छन् । म एकदमै खुशि छु र सायद हुनु पनि पर्ने होला । सायद अब उहाँले हाम्रो समाज, क्षेत्रकोलागि महत्वपुर्ण योगदान पनि देलन् ।

त्यै भएर होला हाम्रो समाज, क्षेत्रका सम्पुर्णले बधाई तथा शुभकामना दिइरहेको सfमाजिक संजालमा देखें र मैले पनि दिए । तर मेरो मन कताकता खिन्न छ, आफुले आफैलाई प्रश्न गर्दै बसेको छु । हिजो सम्म सरकारले मन्त्री मण्डल विस्तार गर्दा विरोध गर्ने म आज किन खुशि ?

हिजो सम्म अरुहरु मन्त्री बन्दा अब के चटक देखाउने हुन् यी मन्त्री भन्दै समाजिक संजालमा चटक देखाउने म आज किन खुशि ? अब फेरी बन्ने मन्त्रीहरुले बाँकि रहेको देशको ढुकुटी सकाउने हुन भन्दै सराप्ने म आज किन खुशि ?

के मा.नारदमुनी राना त्यै मन्त्री मण्डलका हिस्सा बन्न गइरहेका होइनन् र ? फेरी म किन खुशि ? यदि हिजो सम्म मन्त्रीमण्डल विघटन, विस्तार प्रक्रियाको विरोधिमा, आज मेरो समुदाय, क्षेत्रको प्रतिनिधि त्यै मन्त्रीमण्डलको सदस्य हुँदा खुशि हुन्छु भने के म एउटा ढोंगी, कपटी सोच भएको मान्छे हैन र ? सायद त्यसैले हाेला …….

Wedding Story advertisement Of Jems Movies & Photo Studio