नरेश राना/ कञ्चनुर,२८ जेठ ।
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. –३ मा संचालित लालझाडी धानव्लक संचालक समितिले कृषि यन्त्रीकरण हस्तान्तरण गरेको छ ।
आ.व.२०७७।०७८ को विनियोजित बजेटको कार्यक्रमबाट किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्रीकरण हस्तान्तरण गरेको हो । कार्यक्रम कोरोनाको कारणले भौतिक दुरी कायमगरी सामन्य व्यानर बाचन गरेर किसानहरुको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका सभापती धानव्लकका अध्यक्ष श्री दिवाकर भट्ट रहनु भएको थियो भने प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडायक रहनुभएको थियो । कार्यक्रम लालझाडी ३ अन्र्तगत बाढी पिडित विस्थापितको लागी ब्लक कार्यक्रममा कृषि यान्त्रीकरण हस्तान्तरण गरेका थिए ।
धानब्लक कार्यक्रम अन्तर्गत आ.व. २०७७।०७८ मा जम्मा १९लाख २० हजार सरकारी अनुदान र १८ लाख १८ हजार सात सय रुपैया कृषक समुहले विहोर्ने गरी जम्मा ३७ लाख ३८ हजार सात सय वरावरको बजेटबाट यन्त्रिकरण खरीद गरी वडा नं. –३ का बाढी विस्तापित किसानहरुलाई कृषि यन्त्रिकरण हस्तान्तरण गरेको भनी लालझाडी –३ का वडा अध्यक्ष टीका राम डगौराले बताउनु भयो ।
आउदै गरेको बर्षातमा किसानहरुलाई धान खेतीका लागी धानव्लक समितीले धान लगाउने उपकरणहरु हस्तान्तरण गरेकोमा वडा नं. –३ का किसानहरु खशि भएका छन बताए अध्यक्ष चौधरीले ।