पहिलो पटक राना समुदाय बाट मन्त्री बन्दै

२७ जेष्ठ २०७८, बिहीबार
पहिलो पटक राना समुदाय बाट मन्त्री बन्दै

काठमाडौ,२७ जेठ ।

पहिलो पटक राना समुदाय बाट मन्त्री बन्दै छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै छन् । उनले कैलालीबाट निर्वाचित नारदमुनी रानालाई मन्त्रीमा नियुक्त गदर्जैछन् । ओलीले वन तथा वातावरणमन्त्रीमा रानालाई नियुक्त गर्न लागेका हुन् । 
यस्तै 
गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्न लागेका हुन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । त्यस्तै, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ ।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन् । उक्त ८ मन्त्रीहरुको आजै साँझ  शपथ राखिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio