सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

पहुरा दैनिक सम्मानित

पहुरा दैनिक सम्मानित

धनगढी, ७ माघ । पहुरा थारु दैनिक पत्रिकालाइ सम्मानित गरिएकाे छ ।
विगत १७ बर्ष देखि कैलालीकाे धनगढीमा निरन्तर प्रकाशित हुदैआएकाे एक्लाे थारु दैनिक पत्रिकालाइ सोमबारकाे दिन सम्मान गरिएकाे छ । थारु भाषा, संस्कृति संरक्षणमा विशेष योगदान पुर्याएबाफत कैलारी माघ महोत्सव २०७६ काे अवसरमा सम्मान गरिएकाे छ ।
आयोजक दाेस्राे थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट कार्यक्रमका संयोजक पञ्चराम चौधरीले प्रशंसा पत्र तथा सम्मान पत्रले सम्मान गरिएएकाे छ । यस्तै रोदन टे«डर्सका चन्द्रसिंह चौधरी, रामप्रसाद चौधरी लगायतका व्यक्तित्वहरूले सम्मान गरिएकाे छ ।
यसैगरी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, उपाध्यक्ष लक्ष्मी सत्गौंवा लगायत सबै वडाका अध्यक्षहरूले पनि प्रसंशा पत्रसे सम्मान गरिएकाे छ ।