तीन उपप्रधानमन्त्री र ८ मन्त्री सहित ओलीद्वारा मन्त्रिपरिषद विस्तार

२१ जेष्ठ २०७८, शुक्रबार
तीन उपप्रधानमन्त्री र ८ मन्त्री सहित ओलीद्वारा मन्त्रिपरिषद विस्तार

काठमण्डाै , २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। मौजुदा मन्त्रिपरिषदमा रहेका १० जनालाई विदा दिँदै प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका हुन्। १२ जना मध्ये १० जना जनता समाजवादी पार्टीका हुन् भने २ जना एमालेका हुन्।

नवनियुक्त १२ जना मध्ये २ जना उपप्रधानमन्त्रीसमेत हुन् भने २ जना राज्यमन्त्री। मौजुदा मन्त्रिपरिषदमा रहेका अर्थमन्त्री विष्णु पौडेलसमेत उपप्रधानमन्त्रीमा बढुवा भएका छन्। यसरी १७ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, ११ जना मन्त्री र २ जना राज्यमन्त्री छन्।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्।
१७ सदस्यीय मन्त्रिमण्डल बनाए पनि प्रधानमन्त्री ओलीले आफूसँग अझै ७ मन्त्रालयको जिम्मेवारी राखेका छन्।

मन्त्रिमण्डलको कार्य विभाजन यसप्रकार रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली – रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।

विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ

राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास

रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र

शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री

कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा

बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला

शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा

अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई

विमल श्रीवास्तव – श्रम तथा रोजगार

उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण

लक्ष्मण लालकर्ण – मन्त्री, भूमि व्यवस्था

चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद

चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा

रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio