धनगढीमा कक्षा १-९ को बार्षिक मुल्याङ्कन विद्यालयको आन्तरिक परीक्षाका आधारमा

धनगढीमा कक्षा १-९ को बार्षिक मुल्याङ्कन विद्यालयको आन्तरिक परीक्षाका आधारमा

धनगढी, १६जेठ ।

कोभिड-१९ को दोस्रो चरणको महामारीका कारण स्थगित गरिएको कक्षा १-९ बार्षिक परीक्षा अब नगरी विद्यालयको आन्तरिक परीक्षाका आधारमा सिधैँ नतिजा प्रकाशन गर्न धनगढी उप-महानगरपालिकाले सूचना प्रकाशन गरेको छ ।

कक्षा १-९को परीक्षा स्थानीय तहले संचालन गर्ने गरेकोमा कोभिडको प्रभावका कारण धनगढी उप-महानगरपालिकाले परीक्षा स्थगीत गरेको थियो । स्थगीत गरिएको परीक्षा अब तत्काल संचालन गर्न सम्भव नभए पछि विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा २०७८ जेठ २८ गते भित्र नतिजा प्रकाशन गर्ने तयारी उप-महानगरपालिकाको शिक्षा महाशाखाले गरेको हो ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन