धनगढी,२ जेठ ।
माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्ट, माननीय नारद मुनि राना , माननीय निरु देबि पाल ज्युको विशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको छ।
जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यसै गरी डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको हो।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





