धनगढी सिअ उसुक्वानका अध्यक्ष लम्सालकाे निधन

धनगढी सिअ उसुक्वानका अध्यक्ष लम्सालकाे निधन

धनगढी,२७ बैशाख ।

धनगढी सिअ उसुक्वानका अध्यक्ष नारायण लम्सालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

 केही दिन यता कोरोना संक्रमित भइ उपचार गराइरहेका उनको सोमबार काठमाण्डौँमा निधन भएको हो।धनगढीमा उपचार सम्भव नभएपछि ४ दिनअघि उनलाई थप उपचारका लागि काठमाण्डौँको नोवेल होस्पिटलमा भर्ना गरिएको थियाे। 

४९ वर्षीय लम्साल नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य, नेकपा एमाले धनगढीका पूर्वनगर अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघका पूर्व सचिव रहेका थिए, शिव नगर खानेपानीका संस्थापक सदस्य ,

सिअ उसु क्वानका अध्यक्ष समेत रहेका लम्साल कुसल व्यापारी पनि थिए । वहाँकाे नधनप्रति सम्पुर्ण उसुपरिवारले अभिभाक गुमाएकाे दुःख व्यक्त गरेकाे छ सिअ उसुक्वानका सचिब रतन बहादुर खाती साथै यस साेकाकुल घडीमा परिवारजनप्रति पशुपातिनाथले धर्यधारणा गर्न शक्तिप्रदान गरून बताए ।  

विज्ञापन