धनगढी,२४ बैशाख ।
अब हामी बिच रहेनन रानाथारू माेडेल राम महेश राना । केही दिन आगाडिदेखि मोडेल राम महेशको स्वस्थ्यमा समस्य देखिएको थियो । चेकजाँच गराउदा निमौनिया देखिएतापनी आजै दिउसो को PCR रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो ।
हिजो बिहान बाट उहाँको स्वास्थ्यमा श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो र अक्सिजन को पनि कमि देखिएको थियो । काठमाडौं लग्नको लागि तयारी भएतापनि काठमाडौंको अस्पतालमा सैया(बेड) नभएर र सेती प्रादेशिक अस्पतालमै अक्सिजन पाइएकाले सेती प्रादेशिक अस्पतालमै उपचार हुँदै थियो।
उपचारकै क्रममा उहाँको अल्पाअयुमै आकस्मिक मृत्युको खबरले सम्पुर्ण रानाथारु कलाकार जगत मर्माहत भएको छ, गीतसंगीत मा विशेष रुचि राख्ने मोडेल आधुनिक भजनकिर्तनका अगुवा समेत रहनु भएको थियो .
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





