मासमद्वारा ३ दलित बालकको रहस्यमय मृत्यु घटनाको छानविनको माग

२० बैशाख २०७८, सोमबार
मासमद्वारा ३ दलित बालकको रहस्यमय मृत्यु घटनाको छानविनको माग

धनगढी,२० बैशाख । मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले दांङको तुलसीपुरमा ३ जना दलित बालकको रहस्यमय मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाको सत्य तथ्य छानविनको जोडदार माग गरेको छ ।

मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीका प्रदेश अध्यक्ष डिल्लीराज जोशी र प्रदेश सचिव राजेन्द्र रैकाले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दे कोरोना कहरका र लकडाउनका बीच नाबालकहरुलाई अपहरण गरि हत्या गरेको आशंका सर्वत्र उत्पन्न भएको जनाउदै तीनदेखि बेपत्ता भएका तीन तीन जना बालकको खोजी कार्यमा स्थानीय प्रशासनले गरेको लापर्वाही प्रति खेद प्रकट गरेको छ ।

मासमले घटनाको सत्य तथ्य छानवीन गरी पिडित परिवारलाई क्षेतिपूर्ति प्रदान गुर्नुका साथै पिडकलाई कानुन बमोजिम कडा कार्वाही गर्न समेत सरकारसंग जोडदार माग गरेको छ । साथै यस्ता घटनाहरुलाई गम्भीरतापूर्वक लिई तत्काल पहल गर्न र घटनाहरु दोहरिन नदिन र पूर्णतया शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत सरकारसंग जोडदार माग गर्दछौ मासम प्रदेश अध्यक्ष जोशी र प्रदेश सचिव रैकाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

वैशाख १६ गते देखि हराइरहेका दांङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ६ गाइडर निवासी भीमबहादुर परियारका छोरा १० बर्षीय सन्देश परियार, सन्तोस परियारका छोरा ७ बर्षीय सुबर्ण परियार, किरण परियारका छोरा ७ बर्षीय करण परियार बैशाख १८ गते दाङ जिल्लाकै तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजार नजिकै भारतीय नम्बर प्लेट ९ जे ०१ सिसि ०८८५० नम्बरको भारतीय निसान कारभित्र रहस्यमय रुपमा मृत अबस्थामा फेला परेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio