कोरोना संक्रमणका कारण कैलालीमा संविधान सभा सदस्यको ज्यान गयो ।

१९ बैशाख २०७८, आईतवार
कोरोना संक्रमणका कारण कैलालीमा संविधान सभा सदस्यको ज्यान गयो ।

धनगढी,१९ बैशाख ।

संविधान सभा सदस्य रविना चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। उनले कैलालीबाट संविधान सभामा प्रतिनिधित्व गरेकी हुन् ।

प्राप्त खबर अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.–६ बागमाराकी ४४ वर्षीया चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा केहीबेर अघि निधन भएको हो। कलेजो र मृगौलाको समस्याले ग्रसित चौधरी शनिबार अस्पताल भर्ना भएकी थिइन्।

उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालमा उपचाररत चौधरीको आइतबार एक्कासी स्वास्थ्यमा समस्या आइ ज्यान गएको उपचारमा संलग्न चिकित्सकले बताए। कमैया मुक्तिको आन्दोलनमा चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio