लालझाडि बैजनाथ बहुभाषिक समुदायिक विद्यालयले संचालन ग¥यो डे होस्टेल

५ माघ २०७६, आईतवार
लालझाडि बैजनाथ बहुभाषिक समुदायिक विद्यालयले संचालन ग¥यो डे होस्टेल

लालझाडि , ५ माघ २०७६ ।

लालझाडि गाउँ पालिका – ४ स्थित बैजनाथ बहुभाषिक आ.वि. समुदायिक विद्यालयले डे होस्टेल संचालन गर्नेभएको छ । विद्यालयले शैक्षिक शत्र २०७६को वार्षिक परिक्षालाई लच्छित गरि लालझाडि गा.पा मै उत्कृष्ट नमुना विद्यालय बनाउने लक्ष्य राखेर यो डे होस्टेल संचालन गर्नालागेका हुन । गत शैक्षिक शत्र २०७५ मा यस बिद्यालयबाट गाउँ पालिका अन्तरगत हुने कक्षा ८ को बार्षिक परिक्षाम सबभन्दा बढी अंक ल्याइ गाउ पालिका प्रथम भएको थियो भने यस शैक्षिक शत्र २०७६मा पनि सोहि स्थान ल्याउनका लागि सबै शिक्षकहरु हौसिएका छन भनेका थिए सोहि विद्यालयका प्र.अं सुरेन्द्र बोहरा । शिक्षक स्टापहरुको बैठक बाट माघ ६ गतेबाट विहान ५बजे देखि साँझ ६ बजे सम्मा डे होस्टेल संचालन गर्ने बताए प्र.आ. बोहरा । उनले विहानको खानाको लागि विद्यार्थिहरुलाई २ घण्टा समय दिने छ साँझाको नास्ता विद्यालयले नै व्यवस्था गर्ने बताए । उक्त रकम समुदायक वनहरु बाट आर्थिक सहयोग माग गरि व्यवस्थ गर्ने बताए विद्यालय व्यवस्थापन समितका अध्यक्ष लक्ष्मन राना । विद्यालयमा ११ जना शिक्षक १ परिचर गरि १२ जना कार्यरत रहेका छन ।( शिक्षक जादुराम राना , डबल ब. राना , दिपेन्द्र राना ,हेमराज राना , हेमराज भट्ट , लिलाधर भट्ट ,प्रेम बडायक , चन्द्रक्रेशन राना , शारदा राना , जमुना धमुक , क्रन्ति राना )

Wedding Story advertisement Of Jems Movies & Photo Studio