मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

५ बैशाख २०७८, आईतवार
मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

कञ्चनपुर,५ बैशाख ।

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने महेश बोहरा (राजु) को मृत्यु भएको छ ।

सीमावर्ती भारतीय बजार सम्पूर्णानगरबाट घर फर्कने क्रममा शनिबार साँझ हावाहुरीले बाटोमा खसेको रूखमा ठोक्किएर से ४ प ९९२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको बताइएको छ ।

४२ वर्षीय बोहराको घटनास्थलमै मृत्यु भएको हो भने सोही मोटरसाइकलमा सवार बेलाैरी नगरपालिका ६ हात्तीबाेझा बस्ने ३० वर्षीय शिवदत्त राना घाइते हुनुभएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीमा प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।

घाइते रानालाई नेपालमै ल्याई उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार, मृतक बोहराको शवलाई भारतकाे लखिमपुरमा पाेष्टमार्टम गरी आइतबार दिउँसो परिवारजनलाई बुझाइएको छ । मृतक बोहरा कञ्चनपुरको बेलौरी स्थित महाकाली माविमा अध्यापन गराउँदै आउनु भएको थियोे ।

उहाँका जेष्ठ दाजु प्रहरी निरीक्षक केशव बोहराको २०७२ सालमा टिकापुरमा भएको थरूहट थारूवान आन्दोलनमा हत्या गरिएको थियोे ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio