घनगढी उप–महानगरपालिकामा घटनादर्ता शिविर सुरु

३ बैशाख २०७८, शुक्रबार
घनगढी उप–महानगरपालिकामा घटनादर्ता शिविर सुरु

धनगढी, ३ बैशाख
धनगढी उप–महानगरपालिकाले घटनादर्ता गर्न छुटेकाहरुलाई समेट्ने उदेश्यले बिहीबार देखि घटनादार्ता अभियान अन्तरगत शिविरहरु संचालन गरेको छ ।
उप–महानगरपालिकाले अभियानको पहिलो दिन वडा नं १ को सरस्वती आधारभुत विद्यालय कटान, वडा नं २ को शारदा मा.वि. वैयावेहडी र वडा नं ३ को जनता आधारभुत विद्यालय विशालनगरमा शिविर संचालन गरिएको छ । धनगढी उप–महानगरपालिका घटनादार्ता अभियानका संयोजक लेखनाथ ओझाले घटनादार्ता शिविरमा आएर पहिलो दिनमै दुईदर्जन भन्दा बढीले सेवा लिएको बताए । आज देखि सुरु भएको अभियान बैशाख १६ गते सम्म चल्ने छ संयोजक ओझाले भने, शिविरमा निशुल्क घटनादर्ता भैरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग संगको समन्वयमा धनगढी उप–महानगरपालिकाबाट दर्ता अभियान संचालन शिविर संचालन भएको बताउदै ओझाले भने, ‘ ब्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुलाई आफ्नो पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म , मृत्यू, विवाह, सम्वन्ध विच्छेक र बसाई सराई जस्ता ब्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गर्न अनुरोध गर्दछौं ।’

Wedding Story advertisement Of Jems Movies & Photo Studio