स्थानिय तहका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न

स्थानिय तहका महिला जनप्रतिनिधीहरुका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न

धनगढी,२९ चैत ।

नगरसभामा निर्वाचित जनप्रतिनिधीहरुको कानुनी जिम्मेवारी र समावेशीकरणको अभ्यास अनुभव सम्वन्धि ३ दिने अनुशिक्षण कार्यक्रम आईतबार धनगढीमा सम्पन्न भएको छ ।

जि.आई.जेडको सहयोगमा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितीले आयोजना गरेको उक्त ३ दिने तालिम स्थानिय तहका जनप्रतिनिधीहरुलाई कानुन निती निर्माण कार्यान्वयनमा क्षमता अभिवृद्धि र स्थानिय तहका हरेक संरचनामा सिमान्तकृत समुदायवाट प्रतिनिधित्व गर्ने ,

जनप्रतिनिधीहरुको समावेशीकरणको अवस्था, अभ्यास र अनुभव आदान गर्ने उद्धेश्यले आयोजना गरिएको हो । ३ दिने उक्त कार्यक्रमको संविधानसभा सदस्य एंव अधिवक्ता हरि श्रीपाईली र झंकर कुँवरले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा अछाम,बाजुरा,डडेल्धुरा र कैलाली जिल्लाका स्थानिय तहका महिला तथा दलित महिला जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

सेयर कर दियो ।

विज्ञापन