पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल

काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ ।
महासंघ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणना अनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएका छन् । त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिबासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासंघले जनाएको छ ।

निर्वाचन समितिले आज साँझ ५ बजे महासंघ केन्द्ीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । प्रेस युनियन, प्रेस सेन्टरसहित ११ संगठनको प्यानलमा पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो । त्यस्तै, प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलमा निर्मला शर्मा नेतृत्वको समूहले प्रतिस्पर्धा गरेको थियो ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन