सुदूरपश्चिम प्रदेशमा योगेश रावलको प्यानलबाट रामदुलारी राना सहित विजयी

सुदूरपश्चिम प्रदेशमा योगेश रावलको प्यानलबाट रामदुलारी राना सहित विजयी

कैलाली, २६ चैत । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको अध्यक्षमा योगेश रावलको टीम विजयी भएको छ ।
नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनमा यहि चैत २५ गते भएको निर्वाचनमा रावलको प्यानल विजयी भएको हो । उपाध्यक्ष नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि योगेश रावलको पुरै प्यानल विजयी भएको छ ।
प्रेस युनियन सहित १२ संगठनको तर्फबाट योगेश रावलको प्यानल र प्रेस चौतारी तर्फका कृष्ण ओली बिच भएको चुनावी प्रतिस्पर्धामा रावलको टीम विजयी भएको हो ।
अध्यक्ष रावलले ६८८ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्दी कृष्ण ओली २६९ मत ल्याएका थिए । उपाध्यक्षमा योगेन्द्र बलायर ६०३, महासचिवमा रामसिंह ठगुन्ना ५५५, सचिव(समावेशी) प्रेम चुनारा ६०१, सचिवमा हरिजोशी ५९८, कोषाध्यक्षमा रामबहादुर धामी ४७४, खुला सदस्यहरुमा तपेन्द्र कुँवर ६६६, दिपेन्द्र राज भण्डारी ५६७, धमेन्द्र बिसी ६३८, भागरथी अवस्थी ७०९, बीर बहादुर गडाल ५८४ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै सदस्य महिला तर्फ कालीमैया चौधरी ६८३, बन्दना बम ६३७, रामदुलारी राना ५८८ मत, सदस्य दलित तर्फ भीम बिक ५२६, सदस्य(आदिवासी जनजाति) तर्फ रामबहादुर दहित ५८२ र राम लखन चौधरी ६४९ मत ल्याएर बिजयी भएका छन् ।

सेयर कर दियो ।

विज्ञापन