लालझाडीमा उपभोक्ताहरुको हक अधिकार सम्बन्धी कार्यक्रम सम्पना

२३ चैत्र २०७७, सोमबार
लालझाडीमा उपभोक्ताहरुको हक अधिकार सम्बन्धी कार्यक्रम सम्पना

नरेश राना , लालझडी , २३ चैत ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा गाउँपलिकाका उपाध्यक्ष सत्यदेवी महराको सभाध्यक्षमा १ दिने कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रम उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सम्पन भएको हो । कार्यक्रमका प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायकको प्रमुख अतिथीमा सम्पन भएको हो ।
कार्यक्रममा अध्यक्ष बडयकले हामी यस लालझाडी बासीले मेडिकल ,पसलहरुबाट म्याद नाघेका समानहरु प्रयोग गर्दा हाम्रो शरिरमा बिभिन्न किसिमका समस्याहरु आउछन र मयाद नाघेका समानहरु प्रयोग गर्दा हामी धेरै ठुलो नोक्सानी बेहोरनु पर्दछ । भनेरा जानकारी गराउनु भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथी लालझाडी गाउपालिकाका प्रमुख प्रशासकिय महेन्द्र सिंह रावल रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उद्योग पर्यटन तथा वातावरणका शाखा प्रमुख धर्मराज जोशीले गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न हक अधिकारको बारेमा छुट्टा छुटै गरी तालिम दिइएको थियो । कार्यक्रमको संचालन उद्योग वन वातावरण मन्त्रालयका कर्मचारी मान सिंह साँवदले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio