धनगढी,२० चैत ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित दाइजो कृषि सहकारी संस्था लि.ले “ मर्यादित व्यवसाय र प्रविधिमा सहकारी, दिगो बिकास लक्ष्य प्राप्तीका लागि सहकारी ” मन्ने मुल नाराका साथ ६४औ अन्तर्राष्ट्रिय सहकारी दिवस मनायो ।
कार्यक्रम संस्थाका अध्यक्ष चन्द्रकिरण रानाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममका प्रमुखअतिथी प्रतिनिधि सभासद माननिय नारदमुनि राना रहनु भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य तथा कार्यसमितिका पदाध्यकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लेखा समिति सदस्य दिपक राज जोशीले गरेको थिए ।