लालझाडीमा अन्तराष्ट्रिय सहकारी दिवस विबिध कार्यक्रम गरी मनाइयो

२० चैत्र २०७७, शुक्रबार
लालझाडीमा अन्तराष्ट्रिय सहकारी दिवस विबिध कार्यक्रम गरी मनाइयो

नरेश राना/लालझाडी,२० चैत ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा सामाजिक दुरी कायम गरी अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको हो ।
लालाझाडी गाउँपलिकाको आयोजनामा लालझाडी समन्वय समितिको सभापतीत्वमा सो कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा लालझाडी समन्वय समितिका संयोजक नरेश रानाको सभाध्यक्षमा कार्यक्रम भएको हो ।


सो कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायक रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समन्वय समितिका कोषाध्यक्ष जानमती चौधरीले गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा लालझाडी स्तरिय तथा प्रदेश स्तारीय सहकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी दिवसको उपलक्ष्यमा समन्वय समितिले आप्नो कार्य समितिलाई १÷१ ओटा झोला पनि वितरण गरीएको थियो ।


कार्यक्रममा समन्वय समितिकी सदस्य गोमती रानाले यस लालझाडी सहकारी शाखाले आउदा दिनमा तालीम,गोष्ठीहरु हाम्रो समन्वय समितिलाई जिम्मा दिने भनी अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा सहकारी शाखाका संयोजक तिलक बहादुर खत्रीले सहकारी सम्बन्धि जनचेतना मुलक सहकारीमा हुने गतीविधिको बारेमा जानकारी दिनुभएको हो । कार्यक्रमको संचालन लालझाडी गाउपालिकाका कर्मचारी प्रभुराज जोशीले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio