मुक्त हलिया,कमैया र भूमिहिनलाई भूमिको मालिक बनाउन आवश्यक : पूर्व सासद श्रीपाईली

२० चैत्र २०७७, शुक्रबार
मुक्त हलिया,कमैया र भूमिहिनलाई भूमिको मालिक बनाउन आवश्यक : पूर्व सासद श्रीपाईली

धनगढी,२० चैत ।

संविधानसभा सदस्य एवं हलिया मुक्ति आन्दोलनका राष्टिँय अभियन्ता, पूर्व सासद हरि श्रीपाईलीले हलिया,कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गरिएता पनि उनीहरुहरुको भूमिमा पूर्ण स्वामित्व सहित भूमिको मालिक बनाउन नसक्दा जीवनस्तर माथि उठ्न नसकेको बताउनु भएको छ ।

उहाँले संविधानमै भूमिहिन दलित एंव सिमान्तकृत समुदायलाई एकपटकलाई भूमि उपलब्ध गराउने कुरा उल्लेख भएकाले अग्रगामी सोच र विशेष निती तथा कानुन निर्माण गरी छुट मुक्त हलिया,कमैया र भूमिहिनलाई राज्य जग्गा उपलब्ध गराउनुुपर्नेमा जोड दिनुभयो ।

शुक्रवार धनगढीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल र मुक्त कमैया महिला विकास मंचले आयोजना गरेको मुक्त हलिया र कमैयाहरुको भूमि माथिको स्वामित्वको सवाल र सरोकारवालाहरु को भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा उहाँले उक्त कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सामाजिक समितीका सभापति कुन्ती जोशी,प्रदेशसभा सदस्य एंव सचेतक टेक वहादुर रैका,प्रदेशसभा सदस्य डिल्ली पन्त,भूमि समस्या समाधान आयोगका केन्दीय सदस्य अगस्त अधिकारी, धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य प्रेम विक,

मानवअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्लीराज जोशी,दलित अधिकारका लागि राष्टिय संजालका महासचिव राजेन्द्र रैका ,मुक्त कमैया बजारी चौधरी, लगायतकाले मुक्त हलिया एंव कमैयाहरुको भूमिको सवाल मुख्य रहेकाले उचित भूमि सहित सम्मानजनक पूर्नस्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।

मुक्त कमैया महिला विकास मंचकी अध्यक्ष कौशिला चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका कार्यक्रम संयोजक हरि बोहराले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संयोजक ईन्द्र चौधरीले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio