नेपाली काग्रेसको निती प्रतिष्ठान समितीको विज्ञमा नेतृ जागृती बोगटी नियुक्त

नेपाली काग्रेसको निती प्रतिष्ठान समितीको विज्ञमा नेतृ जागृती बोगटी नियुक्त

धनगढी,१९ चैत । नेपाली काग्रेस केन्द्रीय निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको साना तथा मझौला उद्योग तथा हस्तकला विषयगत समितीको विज्ञमा नेपाली काग्रेसकी नेतृ जागृती वोगटी नियुक्ती हुनुभएको छ ।

नेपाली काग्रेसका उपसभापति एंव केन्द्रीय निति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले नेपाली काग्रेसको विधान २०१७(संशोधन सहित)को ३६(१) (ङ) बमोजिम पार्टीको नीति निर्माणमा सहयोग पुग्ने विश्वासका साथ नेतृ बोगटीलाई विज्ञको रुपमा नियुक्त गरिएको पत्र मार्फत जनाउनु भएको छ ।

समितीको विज्ञको रुपमा नियुक्त बोगटी नेपाली काग्रेस कैलालीकी नेतृ, नेपाल महिला संघ धनगढी नगर अध्यक्ष एंव मेची महाकाली बुहारी संयुक्त आवाजकी कैलाली जिल्ला संयोजक समेत हुन । विज्ञमा नियुक्त भएपछि नेतृ बोगटीले पार्टी,नेता,कार्यकर्ता र शुभचिन्तक सबैमा धन्यावाद तथा आभार व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टीको निती, संगठन निर्माण,परिचालनमा आफूले सबैसंग समन्वय गरी दृढ भएर काम गर्ने बताउनुभयो ।

सेयर कर दियो ।