सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको सदस्यमा भागरथी राना

१३ चैत्र २०७७, शुक्रबार
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको सदस्यमा भागरथी राना

धनगढी,१३ चैत ।

सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगमा भागरथी राना नियुक्त भएकी छन्। प्रदेश सरकारले चैत ९ गते पूर्व शिक्षक रानालाइ आयोगको सदस्यमा नियुक्त गरेको हो।

राना यसअघि अलंकार अाधारभुत विद्यालय कञ्चनपुर पुनर्वास १० कि शिक्षिका हुन। रानाले लोक सेवा आयोगको सदस्यमा हुने भएपछि विद्यालयमा एक महिना अगाडि राजीनामा दिएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका प्रदेश लोक सेवा आयोगका पदाधिकारीलाई शपथ खुवाउन बिहीबारको प्रदेश सभा बैटकबाट ऐनमा संशोधन गरिएको हो।

यसअघि पनि यस ऐनमा पदाधिकारीको नियुक्तिमा समानुपातिक र समावेशी शब्द छुटेका कारण संशोधन गरिएको थियो।

प्रदेश सरकारले लोक सेवा आयोग गठन गर्दै पदाधिकारी नियुक्ति गरेपछि शपथ खुवाउने प्रावधान ऐनमै नभएपछि संशोधन गरिएको हो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio