नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा जागृती बोगटी निर्वाचित

१२ चैत्र २०७७, बिहीबार
नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा जागृती बोगटी निर्वाचित

धनगढी,१२ चैत ।

नेपाल भारत मैत्री संघको ७ औँ राष्ट्रिय महाधिवेशनमा सुदुरपश्चिम प्रदेश तर्फबाट महिला केन्द्रीय सदस्यमा जागृती खड्का बोगटी बिजयी हुनुभएको छ ।

नेपालगञ्जमा सम्पन्न नेपाल–भारत मैत्री संघको ७ औँ राष्टिय महाधिवेशनमा जागृर्ती बोगटी लगायतको टिम बिजयी भएको हो । नव निर्वाचित केन्द्रीय सदस्य बोगटी नेपाल महिला संघ धनगढी नगर अध्यक्ष एंव मेची महाकाली बुहारी संयुक्त आवाजकी कैलाली जिल्ला संयोजक समेत हुन ।

केन्द्रीय सदस्यमा विजय भएपश्चात बोगटीले आफुलाई अत्याधिक बहुमत सहित विजय गराउने सहयोगी, दाजुभाइ, दिदीबहिनीहरु तथा सम्पूर्णलाई धन्यवाद सहित आभार व्यक्त गर्नुभएको छ ।

उहाँले मेची देखि पश्चिम महाकाली सम्मका जनताको चाहना अनुसार नै नेपाल भारत सम्बन्ध सुदृढ बनाउन आफले सक्दो सहयोग र पहल गर्ने बताउनुभयो । महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

निर्वाचनबाट बिजयी टिमलाई नेपाल भारत मैत्री संघ कोहलपुर शाखाले कोहलपुरमा सम्मान समेत गरेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio