नेपाल रेडक्रस सोसाइटी द्वारा आगलागी पीडितलाई राहत बितरण

नेपाल रेडक्रस सोसाइटी द्वारा आगलागी पीडितलाई राहत बितरण

लालझाडी,११ चैत । 

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ खल्लाजाइ बस्ने ठगी कडाराको घर र गोठमा चैत्र ३ गतेका दिन आगलागी भएको थियो । आगलागीबाट घर र गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएको अवस्थामा चैत्र ६ गतेका दिन नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाद्वारा तत्काल ओतका लागि राहत प्याकेज (भाँडा सेट, लुगा सेट, तिरपाल सेट) जिल्ला शाखाका उपसभापति नर बहादुर रानाबाट पीडितलाई वितरण गरिएको बताइएको छ ।

त्यसैगरी, लालझाडी गाउँपालिका स्थित खल्लाजाइमा गठित कञ्चन सामुदायिक विपद् व्यवस्थापन समितिले यही चैत्र ८ गतेका दिन समितिको आकष्मिक कोषबाट पनि पीडित परिवारलाई नगद २ हजार ५ सय रुपैयाँ वितरण गरिएको समितिका अध्यक्ष दर्शन रानाले बताउनु भयो । यो समय आगलागीको जोखिम बढी हुने समय भएकोले सबै सतर्क रहनुपर्नेमा रेडक्रस अन्तर्गतको एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले जोड दिनुभयो ।

विज्ञापन