धनगडी १० मा ४९ घण्टे पेन्टर तालिमको उदघाटन

धनगडी १० मा ४९ घण्टे पेन्टर तालिमको उदघाटन

धनगढी, ११ चैत । धनगढी उपमहानगर पालिका वडा नं. १० मा ४९ घण्टे पेन्टर तालिमको उदघाटन भएको हो । धनगढी उपमहानगर पालिका वडा नं. १० को आर्थिक सहयोगमा जखौर ट्रेडिङ्ग सेन्टरको आयोजनामा पेन्टर तालिकम शुरुभएको हो ।


तालिम कार्यक्रमको उदघाटन धनगढी उपमहानगर पालिका १० का वडा अध्यक्ष राजेन्द्र रानाले गरेका थिए । वहाँले “देशमा भएको गरिवीलाई हटाउनका लागि बेरोजगार युवाहरुलाइए सोरोजगार बनाउने उद्देश्यले वडा कार्यालयवाट रकम विनियोजन गरेको हो । युवाहरु वेरोजगार नबसुन केहिन न केहि गरेर आप्नो गुजार गर्नसक्ने बनाउने हाम्रो दायित्व हो । एउटा भनाइ छ खाली दिमाकमा सैतानको बास हुन्छ रे त्यसैले युवाहरु खाली नबसी युवाहरुलाई उद्यामीबानाउने लक्ष्य अनुरुप यस वडामा रहेका युवाहरुले पेन्टर तालिम प्राप्त गरी सोराजगार बन्ना सकिन्छ भनेर बताउनु भयो ।”


कार्यक्रमकामा वडा सदस्य अपर सिंह राना , वडा सचिब भोजराज पन्त प्रशिक्षक तेजराम चौधरी लगायतले कार्यक्रमको शुभकामना दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लालबहादुर रानाको सभापतित्वमा भएको थियो भने संचालन सल्लहकार चन्द्र तम्राकारले गर्नुभएको थियो । उक्त कार्यक्रममा २४ भन्दा बढी सहभागिहरुको उपस्थिती रहेको थियो ।

सेयर कर दियो ।

विज्ञापन