दलित समुदायको राज्यका हरेक तहमा समानुपातिक प्रतिनिधित्वमा जोड

९ चैत्र २०७७, सोमबार
दलित समुदायको राज्यका हरेक तहमा समानुपातिक प्रतिनिधित्वमा जोड

धनगढी,९ चैत । ५६ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा दलित तथा महिलाको समान अधिकारका लागि स्थानीय लोकतन्त्र सबलीकरण प्रदेश स्तरीय दलित संवाद कार्यक्रम सोमबार धनगढीमा सम्पन्न भएको छ ।

दलित सेवा संघको आयोजनामा सम्पन्न उक्त संवाद कार्यक्रमको सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुन वहादुर थापाले उद्घघाटन गर्नुभयो । कार्यक्रममा सभामुख अर्जुन बहादुर थापाले प्रदेशसभामा दलित शसक्तिकरण बिधेयक माथि छलफल भई सामाजिक समितिमा पेश भैसकेको हुँदा अब दलित शसक्तिकरण ऐनले दलित हक अधिकारको सुनिश्चितता गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एंव दलित अगुवा हरि श्रीपाईलीले दलित समुदायको राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व हुनु नसकेको औल्यादै, दलितअधिकारका लागि बनेका ऐेन,कानुनहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो कार्यक्रममा संविधानसभा सदस्य हरि श्रीपाईली,

सुदूरपश्चिम प्रदेशसभा सामाजिक समितिका सभापति कुन्ता जोशी,प्रदेशसभा सदस्य एंव सचेतक टेक वहादुर रैका,प्रदेशसभा सदस्य पूर्णा जोशी,उमा वादी,दुर्गा विक,शान्ति नेपाली,सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिबक्ता कुलानन्द उपाध्याय,

नेपाली लेखक संघका अध्यक्ष गणेश नेपाली,सावित्रा घिमिरे लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम दलित सेवा संघका केन्द्रीय अध्यक्ष ईश्वरी प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio