लालझाडीमा छैठौ बार्षिक सधारण सभा सम्पन

लालझाडीमा छैठौ बार्षिक सधारण सभा सम्पन

नरेश राना / लालझाडी,६ चैत ।कञ्चनपुरको लालझाडी गाउपालिकामा वडा नं. २ मा रहेको श्री जयभोले शंकर सामुदायिक वन उपभोक्ता समुहको छैठौँ सधारण सभा सम्पन भएको थियो ।

अध्यक्ष छोटी रानाको सभा अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी लालझाडी लालझाडी गाउपालिका – २ का वडा अध्यक्ष हेमराज राना रहनुभएको थियो ।

वडा अध्यक्ष रानाले भन्नु भयाे “यस वर्षमा स्थानिय तहाले सामुदायिक वनकाे लेखाजोखा नरहेका कामको बारेमा बताउनु भयो र यस वनलाई जोगाउन हामी सबै मिली एकआपसमा भाइचाराको मेलमिलाप गरेरा अगाडि बढयौँ भने हामी वनलाई जोगाउन सक्छौ । र यस सामुदायिक वनले वनको नितीनियमको अधारमा आ.ब.मा आप्नो कार्य बढाउने जानकारी दिनभयो ।”

यसै गरी कायक्रमका विशिष्ट अतिथी efcc का सचिब नरेश भट्ट रहनु भएको थियो । स्वागत मन्तव्य सामुदायिक वनकी सहसचिव राधिका चौधरीले गर्नु भएको थियो भने संस्थाको आयव्याय सचिब निरपती रानाले रु २ लाख ३४ हजार १०५ बराबरको कारोबार भएको जानकारी दिनुभयो । कार्यक्रमको संचालन प्रकाश रानाले गर्नुर्भको थियो ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन