डडेल्धुराका सबै स्थानीय तह द्वारा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्याउने प्रतिबद्धता ।

६ चैत्र २०७७, शुक्रबार
डडेल्धुराका सबै स्थानीय तह द्वारा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन ल्याउने प्रतिबद्धता ।

डडेल्धुरा,६ चैत ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको आवश्यकता सम्वन्धमा कार्यशाला गोष्ठी डडेलधुराको अमरगढीमा सम्पन्न भएको छ ।

सदन देखि जनतासम्मः नेपालमा बकालत संजाल मार्फत सिमान्तकृत महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार प्रवद्र्धन परियोजना मार्फत स्थानिय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न सहजता पुगोस भन्ने अभिप्रायले आयोजना गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश कार्यक्रम संयोजक राजेन्द्र रैकाले जानकारी गराउनुभयो ।

गोष्ठीको एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको आवश्यकता सम्वन्धमा सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम प्रदेशका कानुनी शाखा अधिकृत दान वहादुर सुनारले प्रस्तुतीकरण गर्नुभएको थियो भने,

सुदूरपश्चिम सरकारको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्वन्धि निती,योजना तथा कार्यक्रम र कार्यान्वयनको अवस्था सम्वन्धमा सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम प्रदेशका स्वास्थ्य शाखा बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीमा प्रमुख अतिथी एंव जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट,सुरक्षित मातृत्व संजाल महासंघ नेपालका उपमहासचिव प्रसिस महरा, अमरगढी नगरपालिका प्रमुख विश्वेश्वर प्रसाद अोझा,भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्ट,अालिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङ,गन्यापधुरा गाउँपालिका नवल बहादुर मल्ल,

नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र वहादुर विष्ट,परशुराम नगरपालिका उपप्रमुख कलावती बोहरा,अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाट,कार्यक्रम ब्यवस्थापक लक्ष्मी खनाल लगायत डडेल्धुरा जिल्लाका ७ वटै स्थानिय तहका स्वास्थ्य संयोजकहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा स्थानिय तहका जनप्रतिनिधीहरु एंव सरोकारवाला निकायहरुले स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने सामूहिक प्रतिवद्धता जनाएका थिए ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपालका महासचिव रबिन्द्र वहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एंव सहजीकरण प्रदेश कार्यक्रम संयोजक राजेन्द्र रैकाले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio