क्षमता विकास परियोजना समन्वय समिति गठन

क्षमता विकास परियोजना समन्वय समिति गठन

धनगढी,४ चैत
यू.एन ओमेनको आर्थिक सहयोग, विश्व खाद्य संगठनले छनौटमा पारेका ब्यक्तिहरुका लागि संचालित क्षमता विकास परियोजनालाई सहयोग गर्न बुधवार एक समिति गठन गरिएको छ ।
जुरी नेपाल र राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारी गरेर परियोजना संचालन गरिएको छ । धनगढी उप–महानगरपालिका नगर उप–प्रमुख तथा अपाङ्गता समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टको अध्यक्षतामा सरोकारवाला संघसंस्थाहरुको उपस्थीतिमा बसेको बैठकले समिति गठन गरेको हो । उप–प्रमुख भट्टका अनुसार समितिले उप–महानगरपालिका भित्र रहेका आर्थिक रुपले बिपन्न ३० जना अपाङ्गता भएका महिलाहरु छनौट गर्ने छ ।
नामावली छनौट समितिको संयोजकमा भिमबहादुर शाह, सदस्यहरुमा क्रमस धर्मराज ओझा, सुदामा राना, पतिराम सोप र सोहना जोशी रहेका छन् । सदस्य धर्मराज ओझाका अनुसार एक हप्ता भित्र नामावली संकलन गरेर आगामी बैठकमा पेश गरिने छ । बैठकको समन्वय राष्ट्रिय दलित समाज कल्याण संघका सामाजिक विकास अधिकृत लिला नेपालीले गरेकी थिईन ।

विज्ञापन