धनगढी,३ चैत ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको आवश्यकता सम्वन्धमा कार्यशाला गोष्ठी भिमदत्तनगरमा सोमबार सम्पन्न भएको छ ।
सदन देखि जनतासम्मः नेपालमा बकालत संजाल मार्फत सिमान्तकृत महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार प्रवद्र्धन परियोजना मार्फत स्थानिय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न सहजता पुगोस भन्ने अभिप्राय आयोजित उक्त गोष्ठीको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशसभाका माननीय सभामुख श्री अर्जुन वहादुर थापा ज्यूले उद्धघाटन गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको आवश्यकता सम्वन्धमा सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम प्रदेशका कानुनी शाखा प्रमुख श्री दान वहादुर सुनारले प्रस्तुतीकरण गर्नुभएको थियो भने सुदूरपश्चिम सरकारको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्वन्धि निती,योजना तथा कार्यक्रम र कार्यान्वयनको अवस्था सम्वन्धमा सामाजिक विकास मन्त्रालय,सुदूरपश्चिम प्रदेशका स्वास्थ्य शाखा बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री हेमराज खड्का ज्यूले सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीमा प्रमुख अतिथी एंव सुदूरपश्चिम प्रदेशसभाका सभामुख श्री अर्जुन वहादुर थापा,सुदूरपश्चिम प्रदेशसभाका लेखा समितीका सभापति माननीय नन्दा कुमारी बम,रुडुक नेपालका महासचिव एवं सामाजिक अभियन्ता जोत्सना साउँद,सुरक्षित मातृत्व संजाल महासंघ नेपालका महासचिव रविन्द्र वहादुर प्रधान,जिल्ला समन्वय समितीका उपप्रमुख सानु कुमारी महरा,कंचनपुर जिल्ला स्थित ९ वटै स्थानिय तहका प्रमुख तथा उपप्रमुख,स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख,स्थानिय तहको स्वास्थ्य संयोजकहरु लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा स्थानिय तहका जनप्रतिनिधीहरु एंव सरोकारवाला निकायहरुले स्थानीय तहमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने सामूहिक प्रतिवद्धता जनाएका थिए । सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कंचनपुरका अध्यक्ष कृष्णदत्त पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एंव सहजीकरण प्रदेश कार्यक्रम संयोजक राजेन्द्र रैकाले गर्नुभएको थियो ।