धनगढी उप–महानगरपालिका वडा नं ३ को कार्यालय भवन शिलन्यास

२ चैत्र २०७७, सोमबार
धनगढी उप–महानगरपालिका वडा नं ३ को कार्यालय भवन शिलन्यास

धनगढी, २ चैत ।
धनगढी उप–महानगरपालिका वडा नं ३ को वडा कार्यालय भवनको सोमबार शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरेका हुन । निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।’ वडा कार्यालय निर्माणलाई उप–महानगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख वडले बताए । कार्यालयनै ब्यबस्थीत भएन भने त्यहाँबाट सम्पादन हुने काम प्रभावकारी हुन सक्दैन उनले भने ्, ‘त्यसैले पनि हामीले वडा कार्यालयका आफ्नै भवनहरु निर्माण गर्न सुरु गरेका हौं ।’ धनगढी उप–महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बलबहादुर ऐरले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीय संग अनुरोध गरे । उनले भने, ‘यो वडाबासीको सम्पती हो निर्माण कार्य राम्रो संग सम्पन्न हुनुपर्छ ।’ उनले बडा कार्यालय समयमै सम्पन्न हुने बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio