राममिलन राना / पुनर्वास , १ चैत ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा जाखौर ट्रेडिङ सेन्टरले तिन महिने सिलाइकटाइ तालिम सम्पन गरेको छ ।
पुनर्वास नगर पालिका १०मा मिति २०७७ मंसिर २८ बाट चैत १ गते सम्म संचालन भएको हो । उक्त तालिम आज एक कार्यक्रम बिच समापन गरीएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगर पालिकाका नगर प्रमुख जिवनराज थापा रहनु भएको थियो । वहाँले समापन कार्यक्रममा बोल्दै भन्नु भयो तपाइहरुले सिकेको ज्ञानलाई आप्नो गाउठाउमा सतप्रयोग गनुहोला । बहिरको व्यक्ति आएर हाम्रो ठाउँ फाइदा लिएर गइरहेको हुन्छ त्यहि काम हामी आफैले गर्दा रोजगार पनि हुने आर्थिक रुपमा पनि टेवा पुग्ने बताए ।
कार्यक्रमका विश्ष्टि अतिथी पुनर्वास नगर पालिका १० का वडा अध्यक्ष सुकदेव राना रहनु भएको थियो । वहाँले अगामी दिनमा यस सिलाईकटाइ तालिमलाई निरन्तरता दिने कुरा बताए । वहाँले सहभागिहरुलाई तालिमबाट प्राप्त ज्ञानलाई आप्नो ठाउठाउमा सदुउपयोग गर्नुहुने छ भन्नुभयो अध्यक्ष रानाले ।
कार्यक्रममा २० जना सहभागिहरुकाे सहाभागिता रहेकाे थियाे वहाँहरूलाइ प्रमाण पत्र प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रम संस्थाका अध्यक्ष लालबहादुर रानाको सभापतित्वमा भएको थियो भने संचालन संस्थाका सल्लहाकार चन्द्र तम्राकारले गरेका थिए ।