धनगढी, २९ फागुन
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले अनुदान काम गर्नेले पाउनुपर्ने बताएका छन् ।
शनिवार घरेलु तथा साना उद्योग महासंघ कैलालीको नबौं जिल्ला अधिवेशन तथा महिला उद्यमी समिति कैलालीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन । ‘हिजोका दिनबाट नै अनुदानका लागि काम गर्नेहरुले मात्रै राज्यबाट सुविधा दिने गरेको देखिन्छ नगरप्रमुख वडले भने, ‘ अव काम गर्नेले मात्रै अनुदान पाउनुपर्छ ।’
काम गर्न चाहनेहरुले राज्यबाट अनुदान लिन नसक्दा उद्यामशिलता फष्टाउन नसकेको हो नगरप्रमुख वडले भने, ‘ धनगढी उप–महानगरपालिकाले पहुँचका भरमा अनुदान वितरण गरिने परंपराको अन्त्य गरेको छ ।’ धनगढी उप–महानगरपालिकाले महिला उद्यमीलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने, तीन बर्षको अवधीमा ३ हजार २ सय एकल महिलालाई उद्यमशिलतामा लगाउनका लागि काम गरेका छौं ।’
घरेलु तथा साना उद्योग महासंघ कैलालीका अध्यक्ष पुष्कल शर्माले निकै संघर्षका बालजुत घरेलु तथा साना उद्योग महासंघ कैलालीलाई अहिलेको अवस्थामा पु¥याउन सकिएको बताए । उनले धनगढी उप–महानगरपालिकाले घरेलु तथा साना उद्योग महासंघ कैलालीलाई सबै क्षेत्रबाट सहयोग र समन्वय गरेको बताए ।
घरेलु तथा साना उद्योग महासंघ कैलालीको नबौं जिल्ला अधिवेशन तथा महिला उद्यमी समिति कैलालीको आठौं जिल्ला अधिवेशनको बन्दशत्र सुरु भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।