काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको छ । आज बालुवाटारमा बसेको बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश ४ मा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको हो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





