बेहडाबाबा धामको मुख्य प्रवेशद्धारको उद्घाटन

२७ फाल्गुन २०७७, बिहीबार
बेहडाबाबा धामको मुख्य प्रवेशद्धारको उद्घाटन

धनगढी, २७ फागुन
धनगढीको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल बेहडाबाबा धाममा मुख्य प्रवेशद्धारको शिवरात्रीपर्वको अवसर पारेर उद्घाटन गरिएको छ ।
अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले प्रवेशद्धारको उद्घाटन गरेका थिए । प्रवेशद्धार उद्घाटन कार्यक्रममा बोल्दै अर्थ सचिव ढुंगानाले बेहडाबाबा धामको विकासका लागि स्थानीय सरकारले गरेको कामको प्रशंसा गरे । निकै राम्रो विकास भएको रहेछ अर्थ सचिव ढुंगानाले भने, ‘ मैले पनि उप–महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार सहयोगका लागि पहल गर्ने छु ।’
नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा धामको मुख्यद्धार निर्माण गर्ने धनगढी हसनपुरका पदमराज जोशीलाई धन्यवाद दिए ।


बेहडाबाबा धाम क्षेत्रमा उप–महानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार पूर्वाधार विकासको काम धामाधम भैरहेको छ नगरप्रमुख वडले भने, दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण भैरहेको छ । मन्दिरको सुरक्षाका लागि ४ करोड बराबरको बरिपरि पर्खाला निर्माणको काम भैरहेको जानकारी नगरप्रमुख वडले दिए । मन्दिरबाट गंगामाता मन्दिर सम्म पुग्नका लागि छोटोबाटो निर्माण भैरहेको छ नगरप्रमुख वडले भने, मन्दिर परिसर छेउछाउको खालि भागमा पुष्प बगैचा निर्माण गरेका छौं ।
नगरप्रमुख वडले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माणको कार्य सम्पन्न भैसकेको बताए । उनले भने, खानेपानी सौचालय निर्माणको काम समेत पुरा भएको छ । धनगढी उप–महानगरपालिकाको बेहडाबाबा मुख्य धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले यसको प्रचारप्रशार आवश्यक भएको बताए । उनले भने, धनगढी पुग्ने हरेक ब्यक्तिलाई बेहडाबाबा पु¥याउने वाताबरण बनाउनुपर्छ । यसै बिच बेहडाबाबाको विकासमा योगदान पु¥याउने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio