कञ्चनपुर,२६ फागुन ।
कञ्चनपुरको लालझाडीमा ५१ बार्षिया महिलालाई जबजस्तीकरणी गरेको अरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक कमल कुमार खडकाका अनुसार लालझाडी गाउपालिका वडा नं. ६ चान्देव बस्ने ३२ बर्षिय बीर बहादुर चौधरीलाई पक्राउ गरिएको हो ।गएराति महिलाको घरमै गई जबरजस्तीकरणी गरेको आरोपमा उजुरी आएपछि चौधरीलाई बुधबार दिउसो पक्राउ गरिएको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





