अन्तराष्ट्रिय महिला दिवस मुक्त कमैया वस्तीमा मनाईयो ।

२५ फाल्गुन २०७७, मंगलवार
अन्तराष्ट्रिय महिला दिवस मुक्त कमैया वस्तीमा मनाईयो ।

धनगढी,२५ फागुन । महिला सुरक्षा,सम्मान र रोजगार , समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवस सोमबार धनगढी उपमहानगरपालिकाको धुर्जन्ना मुक्त कमैया वस्तीमा मनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथी मुक्त कमैया÷हलिया आन्दोलनका अगुवा संविधानसभा सदस्य हरि श्रीपाईले मुक्त कमैया महिलाहरुको अवस्था अहिले पनि दयनिय रहेको बताउदै अन्य महिला सरह अब मुक्त कमैया महिलाहरुको पनि राज्य हरेक निकायमा समानुपातिक प्रतिनिधित्व,सुरक्षा,सम्मान र रोजगार मार्फत सशक्तिकरणका साथै अधिकार सुनिश्चिततामा जोड दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य श्रीपाईलीले कमैया मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका ८ जना मुक्त कमैया महिलाहरुलाई फूलमाला र अबिरले सम्मान गर्नुभएको थियो । कार्यक्रममा मुक्त कमैया अगुवाहरु सिमा चौधरी,नारायण चौधरी र सिताराम चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रम मुक्त कमैया महिला विकास मंचकी अध्यक्ष कौशिल्या चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio