धनगढी २४ फागुन
ब्रम्ह्मा कुमारी ईश्वरीय विश्व विद्यालय सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीले शिवरात्री पर्वको अवसरमा सप्ताह ब्यापी महाशिवरात्री महोत्सव मेला आयोजना गरेको छ ।
धनगढीको शान्ति बाल उद्यानमा महोत्सव मेलाको आयोजना गरिएको छ । महोत्सव मेलाको सुदूरपश्चिम प्रदेश सभाका सदस्य टेकबहादुर रैका र धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । सोही अवसरमा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख वडले ज्योर्तिलिङ्ग अमरनाथ परमात्मा गुफाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य टेकबहादुर रैकाले समाजलाई सत्मार्गमा डो¥याउनका लागि ब्रम्ह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको आवश्यकता रहेको बताए । उनले आफुपनि ब्रम्ह्मा कुमारी ईश्वरीय विश्व विद्यालयमा आवद्ध रहेको बताए । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले ओम शान्तिबाट आफुले ईमान्दारीता, नैतिकता, अनुशासनको शिक्षा सिकेको बताए । ब्रम्ह्मा कुमारी ईश्वरीय विश्व विद्यालयको पूर्वाधार निर्माणका लागि डिपिआर तयार गर्न १० लाख रुपियाँ बिनियोजन गरेका छौं नगरप्रमुख वडले भने, ‘ शान्ति बाल उद्यान निर्माणका लागि ७ लाख रुपियाँ बिनियोजन गरेका थियौं । उप–महानगरपालिकाले सबै समाजिक संघसंस्था, धार्मिक संघसंस्थालाई समान प्राथमिकता दिने गरेको नगरप्रमुख वडले बताए ।
कार्यक्रममा धनगढी नगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेय, पूर्व स्वाथ्य निर्देशक परशुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिका वडा नं २ का सदस्य रत्ना बिष्टले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रको अध्यक्षता ब्रम्ह्मा कुमारी ईश्वरीय विश्व विद्यालय सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीका संचालन हिरा दिदीले गरेकी थिईन भने कार्यक्रम संचालन हेमराज भण्डारीले गरेका थिए । कार्यक्रम चैत गते संचालन हुने छ ।