१११औँ नारी दिवसको उपलक्ष्यमा महिला पेनाल्टी सुट आउट प्रतियोगित

१११औँ नारी दिवसको उपलक्ष्यमा महिला पेनाल्टी सुट आउट  प्रतियोगित

१११औँ नारी दिवसको उपलक्ष्यमा महिला पेनाल्टी सुट आउट प्रतियोगित सम्पन भएको छ ।

नमस्ते युवा क्लबको आयोजनामा धनगढी उपमहानगर पालिका वडा नं. ४ वडा कार्यालयको सहयोगमा चण्डिका ग्रुपको प्रायोजनमा, आर डी कालीकाको सहप्रयोजनमा १११औ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा खुल्ला महिला पेनाल्टी सुटआउट प्रतियोगिता सम्पन भएको हो ।

कार्यक्रम क्लबका अध्यक्ष प्रदिप जाेशी सभापतित्वमा भएको थियो भने कार्यक्रमकाे संयोजक प्रमोद चन्दक रहनुभएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगर पालिका नगर उपप्रमुख सुशिला मिश्र भट्ट रहनु भएको थियो । उक्त कार्यक्रममा १४ टिमको सहभागीता रहेको थियो ।

सुर्मादेवी युवा क्लब फुलबारी प्रथम भएको थियो भने त्रिभुवन उच्च माध्यमिक विद्यालय दृतिय र कालीका युवा क्लब फुलबारी तृतिय भएका थिए । प्रथम , दृतिय र तृतिय स्थानमा विजय हुने खेलाडी टिमहरुलाई क्रमशः नगद रु ३० हजार , रु २० हजार र रु १० हजार पुरस्कार , ट्रफि , मेडल र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन