धनगढी,२४ फागुन । महिला सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ १११ औँ अन्तराष्ट्रिय महिला दिवसमा लैगिक समानता र महिला हिँसा न्युनिकरणमा विद्यार्थीको भूमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सोमबार धनगढीको मनेहरामा सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिकाको कार्यालय र सरस्वती माविको सहकार्यमा सुरक्षित मातृत्व संजाल महासंघ नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका छात्र छात्राहरुलाई लैगिक समानता,महिला हिसा न्युनिकरणमा विद्यार्थीको भूमिकाका सम्वन्धि सचेतना जगाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश संयोजक राजेन्द्र रैकाले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी एंव धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले महिलाको हरेक क्षेत्रमा समान अधिकार,समानुपातिक समावेशीकरण र अधिकार सुनिश्चितताका लागि सबै सजग र ईमान्दार भएर लाग्नुपर्ने बताउदै त्यसका लागि विद्यार्थीहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्न भएकाले महिला अधिकारका सामाजिक न्यायका लागि विद्यार्थीहरुले नमुना बन्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष डण्डीराज सुवेदीले महिला अधिकार सम्वधमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सरस्वती माविका शिक्षक चन्द्रकला दवाडी,शिक्षक रिता ज्ञवाली,विद्यार्थी प्रियका पाठक लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश कार्यक्रम संयोजक राजेन्द्र रैकाले संचालन गर्नुभएको कार्यक्रम सस्थाका कोषाध्यक्ष डण्डीराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।